कति छ आज सुनचाँदीको भाउ ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य स्थिर रहेपछि नेपालमा पनि स्थिर रहेको व्यवसायीहरुको भनाई छ।

नेपाली बजारमा सोमबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन ६१ हजार २०० मा कारोबार भइरहेको छ।

यसैगरी चाँदी तोलामा रु ७१० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्