आज सुनको मूल्य यस वर्षकै महंगो, कति पुग्यो ?

Gold
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। नेपाली बजारमा आज सुनको मूल्य यस वर्षकै उच्च विन्दुमा पुगेको छ। आइतबार सुन प्रति तोला ६१ हजार ५ सयले कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजाबी सुन भने ६१ हजार २ सयले कारोवार भइरहेको छ। आइतवार चाँदी ७ सय १० रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । जेठ महिनामा छापावाल सुन अधिकत्तम ६१ हजार ५ सयमा कारोवार भएको छ भने न्युनत्तम ५९ हजार २ सयमा कारोवार भएको छ।

सो मुल्य यस बर्षकै सबैभन्दा उच्च रहेको महासंघको तथ्याङकले देखाएको छ। वैशाखमा पनि छापावाल सुन अधिकत्तम ६१ हजारले मात्र कारोवार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्