विश्वकप क्रिकेटमा आज न्युजिल्याण्ड भर्सेस श्रीलङ्का

Newsland vs shrilanka
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। विश्वकप क्रिकेटमा आज न्युजिल्याण्डले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ। इंग्ल्याण्डकाे कार्डिफस्थित सोफिया गार्डेन्समा यी दुई टोली नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा भिड्ने छन्।

दुवै टिम पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छन्। पछिल्लो समयको प्रदर्शनलाई हेर्ने हो भने श्रीलंकाको निराशाजनक प्रदर्शन छ। विश्वकपअघि भएका सिरिजमा एकपछि अर्को खेलमा हार व्यहोर्दै आएको श्रीलंका विश्वकपमा भने राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ।

विश्व चर्चित खेलाडी, अनुभवी ब्याट्सम्यान र उत्कृष्ट बलर भएपनि टिम सन्तुलन नहुँदा सोचे अनुरुपको नतिजा ल्याउन श्रीलंका चुकी रहेको छ। श्रीलंका टिममा दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिस्का फर्नान्डो, सुरंगा लकमाल, लासिथ मालिंगा, एन्जेलो माथेवस, कुसल मेन्दिस, जीवन मेन्दिस, कुसल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उदना, जेफ्रेय भन्दरसय रहेका छन्।

यता, न्युजिल्यान्ड भने लयमा छ। यो पटक विश्वकप उपाधिको प्रमुख दाबेदारको रुपमा न्युजिल्यान्डलाई हेरिएको छ। न्युजल्याण्डको टिममा केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, हेनरी निकोलस, रस टेलर, टम लाथम, टम ब्लन्डेल, जिम्मी निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, टिम साउथी, माट हेनरी, लकी र्फगुसन र इश सोधी रहेका छन्।