पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कुनमा कति बढ्याे ?

Petrol Pump
लाेकपाटी न्यूज

काठमाडौं, १६ जेठ। बिहीबार पेट्रोलिम पदार्थको मूल्य वृद्धि भएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक भएको भोलिपल्ट नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढेको हो।

आज मध्यान्ह १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको छ। पेट्रोलिम पदार्थमा लिटरमा १ रुपैयाँ ५० पैसा मूल्यवृद्धि भएको छ। बढेको मूल्यअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ।

अर्थमन्त्री डा।युवराज खतिवडाले बुधबार संसदमा आगामी वर्षको बजेट पेश गर्दै सडक पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थमा एक रुपैयाँ अतिरिक्त शुल्क लगाउने उल्लेख गरेका थिए। आर्थिक वर्ष साउनमा सुरु हुने भए पनि निगमले आजैदेखि पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्