मेस्सीले जिते छैटाैं युरोपियन गोल्डेन बुट

Messi win golden boot
लाेकपाटी न्यूज

एजेन्सी। बार्सिलोनाका लियोनल मेस्सीले युरोपियन गोल्डेन बुटको उपाधि जितेका छन्। फ्रान्सेली युवा स्टार केलिएन एमबाप्पे ३३ गोलमै रोकिएपछि सो उपाधी मेस्सीले जितेका हुन्।

यसअघि ५ पटक गोल्डेन बुट जितेर नै किर्तिमानी बनाएका मेस्सीले यस सिजन पनि किर्तिमानी छैठौं युरोपियन गोल्डेन बुट जिते। यसपटकको गोल्डेन बुटमा एमबाप्पेमात्र मेस्सीका प्रतिस्पर्धी थिए। ला लिगाको सबै खेल खेलिसक्दा मेस्सीले ३६ गोल गरेर ७१ अंक जोडेका थिए।

लिग वानमा पिएसजीको तर्फबाट एमबाप्पेले अन्तिम खेल खेल्न बाँकी रहँदा उनले ३२ गोल गरिसकेका थिए। अन्तिम खेलमा एमबाप्पेले गोल्डेन बुट जित्न ५ गोल गर्नै पर्ने अवस्था थियो। तर, अन्तिम खेलमा एमबाप्पेले स्टेडरेम्स विरुद्ध मात्र १ गोल गरे। यससँगै मेस्सीले ६ वटा गोल्डेन बुट जितेका हुन्। एमबाप्पे पहिलो गोल्डेन बुटको नजिक हुँदा उनलाई २ वटा खेलमा प्रतिबन्ध लाग्नु त्यो दुर्भाग्य सावित भयो।

यससँगै मेस्सीले क्रिस्टियानो रोनाल्डोभन्दा २ वटा बढी गोल्डेन बुट हात पारेका छन्। रोनाल्डोले ४ पटक यस उपाधि जितेका छन्।