ब्राजिलका मिडफिल्डरले लिए सन्यास

baptista
लाेकपाटी न्यूज

एजेन्सी। ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबलबाट सन्यास लिएका छन्। बाप्टिस्टाले ट्वीटरमार्फत फुटबल करीअरबाट बिदा लिएको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत बाप्टिस्टाले सबैखाले फुटबल प्रतियोगितामा आफू सहभागी नहुने घोषणा गरे। ३७ वर्षीय बाप्टिस्टाले इङ्लीस क्लब आर्सनल र स्पेनिस क्लब रियाल मड्रिडबाट खेलेका थिए।

२००१ मा बाज्रिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ४७ खेलमा पाँच गोल गरेका छन्। केही समय आराम गर्ने र नयाँ जिवन बिताउन चाहेको उनले बताएका छन्।