काठमाडौं, ९ जेठ। बिहीबार छापावाल सुनको भाउ घटेको छ। बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेको हो।
सुनको भाउ घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ, भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ। बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको थियो।



लाेकपाटी न्यूज