बैतडी, ९ जेठ। आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ। बैतडीमा बुधबार राति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ।
पुर्चौडी नगरपालिका७ बसपार्कमा रहेको टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए। चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
