नेपाल प्रहरीद्वारा भारतीय लुटेरा समूहमाथि गोली प्रहार

Goli
लाेकपाटी न्यूज

काठमाडौं, ९ जेठ। जनकपुरमा डकैती गर्न आएको भारतीय आपराधिक समूहलाई प्रहरीले पक्राउ गर्ने क्रममा गोली चलाएको छ।

डकैती गर्न आएको भारतीय समूहमाथि २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले गोली प्रहार गरेको हो। जनकपुर उपमहानगरपालिका विहारकुण्ड मन्दिरको महन्तमाथि लुटपाट गर्ने उद्देश्यका साथ भारत समस्तीपुरबाट नेपाल आएको ७ जनाको भारतीय लुटेरा समूहमाथि प्रहरीले गोली प्रहार गरेको हो।

प्रहरीका अनुसार ६ जना भारतीय लुटेरा पक्राउ परेका छन् भने खुट्टामा गोली लागेका एकको जनकपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले लुटेरा समूहबाट ६ राउण्ड गोली, लोड गरिएको सिक्सर पेस्तोल १ थान, एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको प्रहरीले जनाएको छ।

खुला सिमाना भएकै कारण नेपाल भारत सिमामा भारतीय अधिकारीहरुको र्दुव्यवहारमात्र होईन आपराधिक गतिविधी पनि निकै बढ्ने गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्