बजेटअघि नै मूल्यवृद्धि आकासियो

vegetables
लाेकपाटी न्यूज

काठमाडौं, ८ जेठ। बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ। खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो। यो समाचार आजको कारोबार दैनिकमा छ।

सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन्। बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ।

चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ। उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्