नेयमारलाई कप्तान बनाए ब्राजिल फेरि हार्छ : इडमिलसन

Neymar02
लाेकपाटी न्यूज

एजेन्सी । नेयमारका पछिल्ला क्रियाकलापका कारण उनी विवादमा परेका छन्। उनीमाथि आफ्नो जिम्मेवारी समेत पूरा नगरेको आरोप लाग्दै आएको छ।

पूर्व बार्सिलोनाका डिफेन्डर इडमिलसनले कोपा अमेरिका कपमा ब्राजिलको कप्तानको जिम्मेवारी नेयमारलाई नदिन आग्रह गरेका छन्। उनले कप्तानीको जिम्मा अरु कसैलाइए दिन आग्रह गरे।

नेयमारले विश्वकपमा देखाएका नाटकले पनि ब्राजिलियन टोली आलोचित भएको थियो। उनी जिम्मेवार लिन लायक नभएका कारण उनलाई जिम्मेवारी नदिन भनिएको मिडिया रिपोर्टमा उल्लेख छ।

सन् २०१८ को विश्वकपमा ब्राजिल बेल्जियमसँग पराजित हुँदै बाहिरिएको थियो। कोपा अमेरिकामा भने ब्राजिलले ग्रुप स्टेजमा पेरु, बोलिभिया र भेनेजुएलासँग खेल्दैछ। इडमिलसनले नेयमारलाई कप्तानको जिम्मेवारी दिएमा ब्राजिलले सोचेजस्तो खेल खेल्न नसक्ने बताए।