काठमाडौं, ७ जेठ । लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।
आफुले चोखो माया गर्दा पनि पीँडा दिने मायालुको भोगाइलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । भिडियोमा मनोज राईको छायाँकन तथा सम्पादन, आशिष राईको निर्देशन रहेको छ। ‘चोखो माया ’ गीतको भिडियोमा मेलिना राई, प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।



लाेकपाटी न्यूज

