प्रताप दासकाे ‘सुन्दर तिम्राे’ सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडाैं, ६ जेठ । गीतकार हाइकुमार राईको शब्द रचना रहेको गीत ‘सुन्दर तिम्रो’ काे भिडियाे सार्वजनिक भएको छ ।

चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाइकुमार राई लामो समय देखि गीत संगीतमा सक्रीय छन्।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन् भने निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन रहेकाे छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्