‘युएई घुम्नुहोस्, १५० वर्षअघिको नेपालका तस्वीर हेर्नुहोस्’

IMG_20190520_095625
लाेकपाटी न्यूज

स्टार श्रेष्ठ। युएईको राजधानी आबुधाबीमा रहेको मध्यपूर्वकै सबैभन्दा ठूलो संग्रहालय ‘लुव आबुधाबी’मा चलिरहेको ‘विश्वको एक शुरुवाती एल्बम्’ नामक फोटो प्रदर्शनीमा नेपालको १५० वर्षभन्दा पूरानो तस्बिरहरु प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनीमा एसिया, अफ्रिका र अमेरिकन महादेशका गरी ४४ वटा देशहरुको सन १८४२–१८९६ सम्म अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले खिचिएका २५० वटाभन्दा बढी तस्वीरहरु पनि राखिएका छन्।

‘विश्वको एक शुरुआती एल्बम्’ नामक फोटो प्रदर्शनीमा नेपालको ५ वटा तस्वीरहरु राखिएका छन्, जुन तस्वीरलाई भारतीय फोटोग्राफरहरु जोनस्टोन र होफमानले लिइएको उल्लेख गरिएको छ। प्रदर्शनीमा राखिएका ५ तस्वीरहरु मध्ये ४ वटा तस्वीर राजपरिवारसँग सम्बन्धित रहेको छ भने एउटा उपत्यकामा बसोबास गर्ने आदिबासी समुदायको रहेको छ।DCIM100GOPROGOPR1999.JPG

तस्वीरहरुको वर्णन अरबिक, फ्रेन्च र अङ्ग्रेजी गरी तीन भाषामा उल्था गरिएको छ। यी तस्वीरहरुलाई कैद गर्ने फोटोग्राफरहरुको बारेमा भन्नुपर्दा उनीहरु भारतमै दोश्रो फोटो स्टुडियो कलकत्तामा सन् १८८२ मा खोल्ने फोटोग्राफरहरु हुन्, त्यसपछि उनीहरुले दार्जिलिङमा सन् १८९० मा खोलेका थिए र फोटो खिच्नकै लागि सिक्किम, नेपाल हुँदै तिब्बतसम्म पुग्ने पहिलो फोटोग्राफरहरु पनि उनीहरु थिए।

प्रदर्शनीको अन्तरक्रिया कार्यक्रममा संस्कृति एवं पर्यटन विभाग, आबुधाबीका अध्यक्ष मोहम्मद खलिफा अल मुबारकले भने, ‘लुव आबुधाबीको मानवताको कथा बताउने उद्देश्य छ र फोटोग्राफी सबैभन्दा महत्त्वपूर्ण औजार हो, जसले यसका लागि योगदान दिएको छ, फोटोग्राफी संसारको इतिहास र यसको विभिन्न संस्कृतिको दस्तावेज गर्ने सबैभन्दा महत्वपूर्ण उपकरणमध्ये एक हो।’

त्यसैगरि लुव संग्रहालय आबुधाबीका निर्देशक म्यानुअल रबेट भन्छन्, ‘हामीले दर्शकहरुलाई तस्वीरका माध्यमबाट पूरानो दिनहरुलाई अवलोकन गर्न निमन्त्रणा गरिरहेका छौं, संसारकै महान कथाहरु एकै ठाउँबाट बताउन हामीले सुन्दर तस्वीरहरू सङ्कलन र चयन गर्न समय लगाएका छौं।’ रबेटका अनुसार लुभ संग्रहालयमा दैनिक करिब ३ हजार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आगन्तुकले अवलोकन भ्रमण गर्छन्। यस संग्रहालयको प्रवेश शुल्क ६३ दिराम अर्थात् नेपाली रुपैयाँ करिब १९०० पर्छ।

युएईको आबुधाबीबाट ६ किलोमिटर उत्तरतर्फ सादियात आइल्यान्ड रहेको आकर्षक डिजाइनमा १०८ मिलियन डलर लागतमा निर्माण गरिएको उक्त संग्रहालयले २६०, ००० वर्ग फिट क्षेत्रफल ओगटेको छ, फ्रेन्च नागरिक जीन नोवेलद्वारा आर्किटेक डिजाइन गरिएको संग्रहालय ११ नोभेम्बर २०१७ मा खुलेको थियो।

Louvre photo exhibit-14

प्रदर्शनीमा राखिएको ५ वटा तस्वीरमध्ये एउटा तस्वीरलाई प्राथमिकताका साथ प्रचार गरिरहेको छ। जुन तस्वीरमा नेपालको महारानी र उसको सुसारेहरु भनेर उल्लेख छ। उक्त तस्वीरलाई आबुधाबीको मुख्य सडकको छेउमा ठूलो होर्डिङ बोर्डसहित राखिएको छ। तस्बिरमा लेखिएको छ, ‘१५० वर्षअघिको नेपाल घुम्नुहोस्।

साथै संग्रहालयको ब्रोसरहरुमा पनि महत्वपूर्ण रुपले राखिएको देख्न सकिन्छ। जसका कारण नेपालको तस्वीरको मात्रै प्रचार भइरहेको छैन, भिजिट नेपाल २०२० नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटनको पनि उत्तिकै प्रचार भइरहेको आभास हुन्छ। २५ अप्रील २०१९ मा सुरु भएको प्रदर्शनी १३ जुलाई २०१९ सम्म चल्नेछ।

DCIM101GOPROGOPR2181.JPGphotossss

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्