पर्वतमा बम विस्फोट, दुई घाइते

bom blast
फाइल तस्बिर
लाेकपाटी न्यूज

पर्वत, ६ जेठ। पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको छ। बम बिस्फोट हुँदा सोहि ठाउँका दुई जना गम्भीर घाइते भएका छन्।।

आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानाएको छ। बम बिस्फोटबाट २७ वर्षीय छविलाल राना र १६ वर्षीय समिर घर्ती गम्भीर घाइते भएका छन्।

बिस्फोटमा गम्भीर घाइते छविलाल घर्तीलाई उपचारका लागि गण्डकी क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ।रानाको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्