ड्याट्सनको प्रि–बजेट अफर : नयाँ गाडी खरिदमा पाइन्छ यी ८ सुविधा

लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकहरुलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रि–बजेट अफर प्रस्तुत गरेको छ ।

नेपाल अधिराज्यभर लागू गरिएको प्रि–बजेट अफर योजनामा ग्राहकहरुले विभिन्न ८ आकर्षक सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस प्रि–बजेट अफर योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य ८ सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

ती आठ सुविधाहरुमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्याङ्कन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्