त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्यो (नामावलीसहित)

trisuli bus accident
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। आइतबार त्रिशुली नदीमा बस खस्दा मृत्यू हुनेको संख्या ७ पुगेको छ। काँकडभिट्टाबाट काठमाडौंका लागि हिडेको यात्रुबाहक बस नदीमा खसेको हो।

बस सडकबाट ६० मिटर तल त्रिशुली नदिमा खसेको थियो। गजुरी गाउँपालिका ६ बन्छेटारको आदमघाटमा ना ७ ख ४३८७ नम्बरको बस त्रिशुली नदीमा खस्दा दुर्घटना भएको हो।

मृत्यु हुनेमा काठमाडौं चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाडौं थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य यस्तै मृतक प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको भने ठेगाना खुलेको छैन।

घाईतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ।दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्