बारा, ५ जेठ। बारामा एक सैनिक जवानको मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो।
रातको समयमा ड्युटी गरिरहेको उनी अचानक बेहोस भएर ढलेका थिए।त्यसलगत्तै उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पर्सा राखिएको छ ।


लाेकपाटी न्यूज

