काठमाडौं, ०२ जेठ। नेपाल आइडलमा सहभागी भएर चर्चामा आएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक गरिएको छ । उक्त गीत रेवेल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘बारुली कम्मर’ बोलको गीतमा गायिका अस्मिता अधिकारीलाई स्वरमा कमल खत्रीले साथ दिएका छन् । यस्तै गीतमा शब्द र संगीत कमल खत्रीको रहेको छ भने किरण तुलाधरको एरेन्ज रहेकाे छ ।
गीतको भिडियोमा पूजा गिरीले अभिनय गरेकी छिन् भने विदुर पाण्डे र रामशरण उप्रेतीको छायांकन देख्न सकिन्छ । भिडियोमा दिपेन्द्र केसीको निर्देशन र प्रकाश तुलाधरको सम्पादन रहेको छ ।



लाेकपाटी न्यूज

