विप्लव समूहका इञ्चार्ज पुन पक्राउ

biplob
लाेकपाटी न्यूज

जाजरकोट, १ जेठ। जाजरकोट छेडागाड नगरपालिकाको वडा नं. १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले मंगलबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको विप्लव समूहका जाजरकोट इन्चार्ज प्रेम प्रकाश ओलीले जानकारी दिए।

पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा र्पुयाउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्