सन्दीपले किने बिएमडब्लु बाइक, मूल्य कति ?

Bike sandeep
लाेकपाटी न्यूज

काठमाडौं, ३१ वैशाख। नेपाली यूवा लेग स्पिनर सन्दीप लामिछानेले झन्डै १० लाख खर्चेर नयाँ बाइक किनेका छन्। इन्डियन प्रिमियर लिग (आईपिएल) खेलेर आइतबार स्वदेश फर्किएका लामिछाने १० लाख पर्ने बिएमडब्लु बाइक खरिद गरेका हुन्।

मंगलबार उनले सामाजिक सञ्जालमा आफ्नो परिवारमा नयाँ सदस्य थपिएको भन्दै बाइकको तस्बिर सार्वजनिक गरेका छन्। बिएमडब्लु कम्पनीको ३१० आर मोडलको ३ सय १३ सिसीको उक्त बाइकको नेपाली बजारमा ९ लाख ७५ हजार रूपैयाँ पर्छ।

बिएमडब्लुको आधिकारिक बिक्रेता हिमालयन मोटराड नारायणचौर नक्सालका व्यापार प्रतिनिधिले विजेश थापाका अनुसार सन्दीपले सोमबार सोही सो रूमबाट बाइक किनेका हुन्।

गत वर्ष पहिलो पटक आइपिएल खेलेका सन्दीप त्यसपछि संसारभरका टि(ट्वान्टी लिगमा छाएका थिए। यसपालि दिल्लीबाट उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनको टिम तेस्रो बनेकाले सन्दीपले २० लाख पारिश्रमिकसहित झन्डै ५५ लाख रूपैयाँ पाउने भएका छन्। यसअघि टाटा मोटर्सले उनलाई ब्रान्ड एम्बेस्डर बनाउँदै टिगोर कार उपहार दिएको थियो।