काठमाडौं, २५ वैशाख। प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए। जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटनपछि बोल्दै आईजीपी खनालले अघि भने, ‘काभ्रेमा गुण्डाहरु छन्, उनीहरुले सम्मान थाप्न प्रहरीकोमा पनि आउछन् भन्ने सुनिन्थ्यो, यदी त्यस्तो हो भने, त्यो रहनु हुँदैन्।’
भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डीआईजी दिपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु लगायतले प्रहरीले हिरासतमा लिएको व्यक्तिलाई थप सुधार गर्न आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका थिए।
धुलिखेल नगरपालिकाले नवनिर्मित हिरासत कक्षमा ८ वटा टिभीसमेत उपलब्ध गराएको छ।



लाेकपाटी न्यूज

