आईपिएल : कोसँग भिड्दैछन् सन्दीप ?

Sandeep-Lamichane
लाेकपाटी न्यूज

काठमाडौं, २५ वैशाख। भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी–२० क्रिकेटको ‘इलिमिनेटर’ खेलमा बुधबार राति दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन्।

राति सवा ८ बजेदेखि विशाखापट्नममा हुने खेलको विजेता दोस्रो ‘क्वालिफायर’मा पुग्नेछ भने पराजित हुने टिम प्रतियोगिताबाटै बाहिरिनेछ।दिल्ली सात वर्षमा पहिलोपटक ‘प्लेअफ’मा पुगेको हो । हैदरावाद साविक उपविजेता टिम हो।लिगमा दुवै टिमले आपसमा एकरएक खेल जितेकाले पनि इलिमिनेटर खेल रोमान्चक हुने अपेक्षा गरिएको छ।

नेपाली स्पिनर सन्दीप लामिछानेले दिल्लीबाट हैदरावादविरुद्ध खेल्ने सम्भावना तीव्र रहेको छ। दिल्लीका तीन स्पिनरहरु अमित मिश्रा, अक्षर पटेल र सन्दीपले खेल्ने अपेक्षा गरिएको छ। अमित र अक्षरले समान ९९ विकेट लिँदा सन्दीपले ६ खेलबाट ८ विकेट लिइसकेका छन्।

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससित खेल्नेछ । चेन्नईले पहिलो क्वालिफायर खेलमा मंगलबार राति मुम्बई इन्डियन्ससित ६ विकेटको हार व्यहोरेको थियो।