काठमाडौं, २४ वैशाख। सर्वोच्च अदालतले नागरिकता वितरणको काम तत्काल रोक्न आदेश जारी गरेको छ।अधिवक्ता वालकृष्ण न्यौपानेको रिटमा सुनुवाई गर्दै शुष्मालता माथेमा र ईश्वर खतिवडाको संयुक्त इजलासले नागरिकता वितरण तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको हो।
यसअघि जन्मसिद्धका आधारमा नागरिकता लिएकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो। सो परिपत्रको विरोध गर्दै अधिवक्ता न्यौपानेले रिट दायर गरेका थिए।
नेपालको अन्तरिम संविधान २०६३ अनुसार नेपालमा २० वर्ष बसोबास गरेका नागरिकलाई जन्मसिद्धको नागरिकता वितरण गरेको थियो। त्यस्ता नागरिकको संख्या १ लाख ९६ हजार भन्दा बढी रहेको गृहमन्त्रालयको तथ्यांक छ।




लाेकपाटी न्यूज

