काठमाडौं, २३ वैशाख। सुदूरपश्चिम मनमोहन स्मृति अन्तरप्रदेश यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको सेमिफाइनलमा प्रदेश नम्बर एकमाथि ३० रनको जित निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १ सय ६६ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर एक २५ दशमबल २ ओभरमा १ सय ३५ रनमा अलआउट भएपछि सुदूरपश्चिम विजय भएको छ। प्रदेश १ कालागि सुमन सुन्दासले ४४ रन बनाए। आइस्टाईन रिजालले ३१ रनको योगदान गर्दा सिमरन राईले २७ रन बनाए।
सुदूरपश्चिमका सुवास ऐरले ४ विकेट लिए। गोबिन्द विष्ट, सन्देश भट्ट, सचिन बडायकको नाममा ११ विकेट रह्यो। यसअघि पहिला ब्याटिङ थालेको प्रदेश ७ ले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सुवास ऐरले ४३ रन बनाए।
धिरेन्द्र ठाकुरले २५, सन्दिप विष्टले २२, अनिल थापाले २० तथा आशिष भट्टले २६ रन बनाए। प्रदेश १ का सरवनले ३ विकेट लिएका थिए। अमित रोयले १ र बिपिन महतोले २ विकेट लिए। प्रतियोगितामा सुदूरपश्चिमका सुबास म्यान अफ द म्याच भए।



लाेकपाटी न्यूज

