काठमाडौं, २३ वैशाख। सोमबार नेपाली बजारमा सुनको बढेको छ। आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भएको छ।
यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै चाँदी तोलामा ७२० मा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।


लाेकपाटी न्यूज