युएईमा तनहुँ सेवा समाजको सांस्कृतिक कार्यक्रम

लाेकपाटी न्यूज

स्टार श्रेष्ठ युएई, २२ वैशाख।

तनहुँ सेवा समाज युएईले शुक्रबारको दुबई स्थित काल्र्टन टावरमा नयाँ वर्ष सास्कृतिक रमझम २०७६ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

तनहुँका जेहेन्दार तथा विपन्न विद्यार्थीका लागि छात्रबृत्ति अक्षयकोष स्थापना गर्न गरिएको कार्यक्रम सोच जस्तै सफल भएको तनहुँ सेवा समाजका अध्यक्ष कृष्ण पौडेलले लोकपाटीलाई जानकारी दिए। पौडेलले सास्कृतिक कार्यक्रमबाट जुटेको रकमले तनहुँका विद्यार्थिका लागि अक्षयकोष स्थापना गरिने बताए।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिकाहरु देबी घर्ती मगर, कला लम्साल र लोक तथा दोहोरी गायक राजु ढकालले आफ्ना चर्चित लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेर सहभागीलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

यस्तै कार्यक्रममा युएईवासी नेवार समुदायले लाखे नाँच, मगर समुदायले आफ्नो कला सस्कृती झल्कने कौडा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न लोक तथा आधुनिक नृत्य प्रस्तुत गरिएको थियो भने कलाकारहरुले पञ्चेबाजासहितको दोहोरी गीतमा मनोरञ्जन दिएका थिए।

तनहुँ सेवा समाज युएईका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता तथा संरक्षक दिपक खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, व्यवसायी भिम नारायण श्रेष्ठ, एनआरएन मध्यपुर्व उपसंयोजक गोपाल कंडेल, केन्द्रिय सदस्य मनोज गोर्खाली लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्