रोनाल्डोले किने संसारकै महंगो कार, मूल्य कति ?

Car
लाेकपाटी न्यूज

एजेन्सी। पोर्चुगिज सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले संसारकै सबैभन्दा महंगो कार किनेका छन्। उनले बुगाती कम्पनीको ‘बुगाती ला वोइतुर नोइरे’ कार खरिद गरेका हुन्।

स्पेनिश स्पोट्स डेली मार्काका अनुसार उक्त कारको मालिका पोर्चुगलका फुटबल खेलाडी हुन्, जो इटालियन लिग सिरी एमा युभेन्ट्सबाट खेल्दै आएका छन्। उनले खरिद गरेको कारको मूल्य ८६ करोड भारतीय रुपियाँ पर्छ। यो कार २०२१ मा मात्र लन्च गरिने बताइएको छ। ‘बुगाती ला वोइतूर नोइरे’ २६० माइलप्रति घण्टा कुद्छ। यद्यपि, बगाती कम्पनीले कार खरिद गर्ने व्यक्तिको नाम गोप्य राखेको छ।

डेली मेलको रिपोर्टका अनुसार रोनाल्डोले पहिलोपटक यसैवर्ष जेनेवा मोटर शोमा प्रर्दशन गरिएको यो कार खरिद गर्नको लागि १.१ करोड यूरो खर्च गरेका थिए। खबरका अनुसार यो कार २०२१ मा मात्रै रोनाल्डोले पाउँनेछन् । किनकी यो कम्पनीको नमुनामा अझै केहि भागको अन्तिम रुप दिन बाँकी छ।

बुगातीको यस कारको डिजाइन सन् १९३६ र १९३८ मा बनेको एससी ५७ अटलान्टिकको मोडल जस्तै छ। बुगाती वोइतूर नोइरेमा ८.० लिटर टर्बोचाज्ड डब्ल्यू–१६ को इन्जिन प्रयोग गरिएको छ।