उपाधि दाबेदार चेन्नई र दिल्ली भिड्दै, सन्दीकाे सम्भावना कति ?

sandeep
लाेकपाटी न्यूज

काठमाडौं, १८ वैशाख। इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा सुरु हुनेछ । चेन्नई र दिल्ली दुवै टोलीले प्ले अफमा स्थान बनाई सकेका छन् । आजको खेल विजयी हुने टोलीको शीर्ष दुईमा रहेर सोझैं क्वालिफायर खेल्ने संभावना बलियो बन्ने छ ।

यसअघि दिल्लीको घरेलु मैदानमा चेन्नई ६ विकेटले विजयी भएको थियो । दिल्ली १२ खेलमा ८ मा जित र ४ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा छ । चेन्नईको पनि समान खेल र नतिजाका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

आईपीएलको सफल टोलीविरुद्ध दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने मैदान उत्रिने सम्भावना पनि उत्तिकै छ । यसअघि बैंग्लोरविद्धको खेलमा महँगा सावित भएपनि सन्दीप विकेट लिन सक्ने क्षमता भएका खेलाडी भएकाले उनले आजको खेलमा स्थान पाउने सम्भावना छ । उनी महँगा भएपनि खेल जीतेका कारण दिल्लीले उनलाई टिममा राख्न सक्छ ।

सन्दीप टोलीका लागि कठिन परिस्थितीमा पनि विकेट निकाल्न सक्ने खेलाडी भएकाले पनि उनलाई आजको खेलमा स्थान दिन सक्छ । सन्दीपले यो सिजनको आईपीएलमा रन नियन्त्रण गर्न नसकेपनि आफुले खेलेका ६ खेलमा ९ विकेट लिइसकेका छन् ।