काठमाडौं, १७ वैशाख। तीन साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले झुक्याएको बताए पनि आयातमा परिमाणात्मक बन्देज यथावत् रहने भएको छ।
ओली नेतृत्वकै मन्त्रिपरिषद् निर्णयले चिनीको आयात बन्देजलाई जारी राख्ने भएको हो। यो निर्णयले सस्तोको चिनी आयात नहुने र स्वदेशी उद्योगीले कार्टे्लिङ गरी मूल्य बृद्धि गरिरहेकाले उपभोक्तालाई मार परिरहेको छ।
वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीले पठाएको सूचनामा परिमाणात्मक बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने उल्लेख छ। उक्त सूचना वैशाख २ गतेको राजपत्रमा प्रकाशित भएको छ। कान्तिपुर दैनिकबाट



लाेकपाटी न्यूज