आइपीएल क्रिकेट : पञ्जाब विरुद्ध हैदारवादको जीत

haidrabad
लाेकपाटी न्यूज

काठमाडौं, १७ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबारराति सम्पन्न खेलमा किङ्ग्स ११ पञ्जाब विरुद्ध सनराइजर्स हैदरावाद ४५ रनले विजयी भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो।विश्वकपको तयारीका लागि अस्ट्रेलिया फर्कनुभन्दा अगाडिको खेलमा हैदरावादका डेबिड वार्नरले टिमलाई जिताउन ५६ बलमा ८१ बनाए। हैदरावादले रिद्धिमान साहको २८, मनिष पाण्डेको ३६, मोहम्मद नाबीको २०, केन विलियम्सनको १४ रनको मद्दतले २ सय १२ रन बनाएको हो।

२ सय १३ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको पञ्जाब २० ओभर खेल्दै ८ विकेटको क्षतिमा जम्मा १ सय ६७ रनमा खुम्चिएपछि उसको हार निश्चित भएको हो। पञ्जाबका लागि के एल राहुलले ७९ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। सोमबारको खेलसँगै हैदरावाद चौथो स्थानमा कायम छ भने पञ्जाब पनि छैर्ठौ स्थानमा कायमै रहेको छ।

प्रतियोगितामा मंगलबार एक मात्र खेल हुँदै छ। सोमबारको खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैँगलोर बीच प्रतिस्पर्धा हुँदै छ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे बैँगलोरमा हुनेछ। राजस्थान सातौँ स्थानमा छ भने बैँगलोर पुछारमा रहेको छ।