काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदानमा हुने खेलमा दिल्लीको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् ।
योसँगै सन्दीप दिल्लीबाट छैठौं खेल खेल्दैछन् । सन्दीप रहेको टोली दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ । अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित शीर्ष तेस्रो स्थानमा रहेको छ भने, चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ । मुम्बई इन्डियन्स समान १४ अंकसहित नेट रन रेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ ।
आईपीएल इतिहासमै पहिलो पटक दिल्ली प्लेअफको नजिक पुगेको छ । युवा खेलाडीको भरमा चलिरहेको दिल्ली उत्कृष्ट लयमा छ भने शुरुवातमा कमजोर प्रदर्शन गरेर कम ब्याक गरेको बैंग्लोर दिल्लीलाई रोक्दै आफ्नो स्तर सुधार गर्ने लक्ष्यमा रहनेछ ।
पछिल्लो खेलमा सन्दीपले किङ्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका थिए । जसमा उनी स्टाइलिस खेलाडी पनि बनेका थिए । दिल्लीको टोलीमा पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने रहेका छन्।



लाेकपाटी न्यूज

