बार्सिलोनाले चुम्यो स्पेनिस लिगको उपाधि

messi pic
लाेकपाटी न्यूज

काठमाडौं,  १५ वैशाख । स्पेनिस लिग फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। शनिबारराति भएको खेलमा लेभान्तेलाई १–० ले हराउँदै बार्सिलोनाले ३ खेल अगावै लिगको उपाधि जितेको हो।

बार्सालाई लिग उपाधि दिलाउन निर्णायक खेलमा कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे।बार्सिलोनाको लागि यो २६ औं लिग उपाधि हो। मेस्सीका लागि भने यो १० औं लिग उपाधि हो।

लिग उपाधिसँगै बार्सिलोनाले सिजनमा तीन उपाधि जित्ने सम्भावना बलियो पारेको छ। बार्सिलोना च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ भने कोपा डेल रे फुटबलको फाइनलमा पुगेको छ।

शनिबाररातिको खेलपछि स्पेनिस लिग फुटबलको अंक तालिकामा बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोडेको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७४ अंक छ भने ६५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा छ।