अवैध लागूऔषध : रावलसहित ५ पक्राउ

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, १४ बैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुङ्गास्थित जुम्ला चन्द्रनाथ नगरपालिका ६ घर भएका ३१ वर्षीय धरम रावललाई अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले नेपालगंजबाट काठमाडौं आउँदै गरेको ना.६ ख २४७४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार रावललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका १० लाकुरीभञ्ज्याङबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ६ सय ग्राम सहित ललितपुर बालकुमारी बस्ने मकवानपुर हटिया गाउँपालिका ४ घर भएका ३६ वर्षीय पिटर बिसी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग लाकुरीभञ्ज्याङबाट खटिएको प्रहरीले बा १ ज ५१३१ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्साको जिराभवानी गाउँपालिका १ बलुवास्थित पैदलयात्री भारत बेराहा बस्ने ६० वर्षीय कलिम ठाकुरलाई लागूऔषध गाँजा करिब १.५ केजीसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका ठाकुरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै पर्साको वीरगंज महानगरपालिका १२ मुर्ली पोखरीस्थित अवैध लागूऔषध चरेश करिब ६.५ केजी बेवारिसे अवस्थामा फेला पारी शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पोखरीभित्र प्लास्टिकमा पोको पारी फालेको अवस्थामा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्