काठमाडौं। रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आगामी सिजनमा क्लबले सबै ठूला उपाधि जित्ने बताएका छन्। लालिगामा गेटाफेसँग खेल्न अघिको पत्रकार सम्मेलनमा उनले बार्सिलोनालाई जिल्ल पार्दै रियलले सबै उपाधि जित्ने दावी गरेका छन्।
उनले अर्को सिजन रियलले कम्तीमा कोपा डेल रे र लालिगाको उपाधि जित्ने दावी गरेका हुन्। जारी सिजनमा भने रियल निकै ठूलो संकटबाट गुज्रिरहेको छ। च्याम्पियन्स लिग र कोपा डेल रेबाट बाहिरिसकेको छ भने लालिगा जित्ने सम्भावना न्यून छ।
जारी सिजनमा उपाधि जित्ने लक्ष नरहेको बताएका उनले अर्को सिजनमा बलियो रुपमा प्रस्तुत हुने बताए। उनले बार्सिलोनाप्रति ब्यंग्य समेत गरेका छन्। ‘हामीले ३३ लालिगा उपाधि जितेका छौं। बार्सिलोनाले कति जित्यो रे ?,’ उनले भनेका छन्, ‘आगमी सिजनमा हामी बार्सिलोनालाई देखाइदिनेछौं।’



लाेकपाटी न्यूज

