खेल क्षेत्रको तथ्याङ्क सङकलन शुरू

लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख । बुधबारदेखि दशौँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । राईजिङ् स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा पश्चिम नवलपरासीको भूमहीमा तेक्वान्दो प्रतियोगिता शुरु भएको हो ।

जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं. ५ का भौतिक पूर्वाधार विकास मन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले खेल क्षेत्रको विकास र खेलाडिलाई प्रोत्साहन गर्ने नीति र योजना बनाउन प्रदेश सरकारले खेल क्षेत्रको तथ्याङ्क सङकलन गरिरहेको बताए।

आगामी आवं.२०७६÷०७७ को नीति तथा बजेट निर्माणको काम शुरु भईसकेको भन्दै मन्त्री चौधरीले कुनकुन क्षेत्रमा कस्ता खेलहरु खेलिन्छन्, खेलाडिको अवस्था कस्तो छ, प्रशिक्षक तथा खेल पूर्वाधारको अवस्था के छ जस्ता विषयको तथ्याङ्क लिइने बताए ।

चालु आवं.२०७५÷०७६ मा एक पालिका एक खेल मैदानको नीति अनुरूप प्रदेश नं. ५ का १०९ वटै स्थानिय तहलाई खेल मैदान निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरी पठाएको भन्दै मन्त्री चौधरीले यसै आव. भित्र सबै स्थानिय तहमा खेलमैदान बन्ने उनको भनाइ थियो ।