काठमाडौं, ११ वैशाख । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सुर्खेत बीरेन्द्रनगर नगरपालिका–२ घर भएका २४ वर्षीय मिनबहादुर बोगटीलाई अवैध लागूऔषध ब्राउन सुगर २ ग्रामसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ८९४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बोगटीलाई उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका–१० कपन मिलनचोकस्थित सडक किनाराबाट नियन्त्रित मनोद्धिपक लागूऔषध नाईट्राजेपाम (नाईट्राभेट) १ हजार ८९ ट्याब्लेट, कोडाइन, फोसफेट एण्ड कोरफेनिरमाइन मेल्टा सिरप १ सय एमएलको बोतल ६ थानसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरी मनरा सिसवा नगरपालिका–१० का ३० वर्षीय बिशालकुमार झा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ का २३ वर्षीय राम कार्की रहेका छ्न् । लागूऔषध नियन्त्रण ब्यूरो काटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लाेकपाटी न्यूज

