काठमाडौं, ११ वैशाख । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ कमिसन दिने भएको छ।
कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि निगमले थप ९६ करोड रुपैयाँ कमिसन दिने निर्यण गरेको हो ।
उद्योगीहरुले विरोध गरेपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो । वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदैछ ।
‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण भयो,’ निगमका एक अधिकारीले भने, ‘उद्योगीलाई फाइदा भए पनि उपभोक्तालाई भार पार्ने काम भयो ।’ यो समाचार कान्तिपुरमा प्रकाशित छ।



लाेकपाटी न्यूज