वैशाख २४ देखि भरतपुर गोल्डकप

khel
लाेकपाटी न्यूज

चितवन, १० वैशाख। चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा ‘भरतपुर गोल्डकप २०७६’ हुने भएको छ।

वैशाख २४ गते देखि जेष्ठ ४ गतेसम्म नारायणगढमा गोल्डकप प्रतियोगिता सञ्चालन हुने मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ। ए.जे. इन्टरनेशनल प्रा.लि ले आयोजना गर्न लागेको प्रतियोगितामा विभागिय टोलि सहित १२ टीम सहभागि हुनेछन्।

थ्रिस्टार, आर्मी, पुलिस, एपिएफ, जाउलाखेल, च्यासल, सङ्कटा, चितवन ११, विजय युथ क्लब हेटौडा, विरगञ्ज थुथ एकेडेमी, झापा ११ र नुवाकोटले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम संयोजक प्रकाश भुजेलले जानकारी दिए।

नकाउट चरणमा हुने प्रतियोगिताको प्रथम पुरस्कार ६ लाख र द्धितीय पुरस्कार ३ लाख रुपैयाँ रहेको छ।
यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार, उत्कृष्ट किपर, डिफेन्स, स्काईकर र उच्च अंक ल्याउनेलाई २० हजार रुपैयाँ प्रदान गरिने ए.जे. इन्टरनेशनल प्रा.लि.ले जानकारी दिएको छ।

खेल अवधिभर सर्वोकृष्ट खेल्ने खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। एन्फाले सहयोग गरेको प्रतियोगितामा दर्शकको प्रवेश शुल्क ५० देखि १०० रुपैयाँ तोकिएको छ। गोल्डकप सञ्चालन गर्नका लागि करिव ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।