काठमाडौं, १० वैशाख। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ। फिलिपिन्सको मुख्य आइल्याण्ड लुजोन केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबार गएको भूकम्पका कारण एउटा विमानस्थलमा गम्भीर क्षति पुगेको छ। दुईवटा भवन ध्वस्त भएका छन्।
पाम्पान्था प्रान्तको भत्किएका भवनमा मानिस फसेको हुन सक्ने अधिकारीले बताएका छन्।फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस गरिएको थियो। (सिन्ह्वा)



लाेकपाटी न्यूज

