एजेन्सी । रोनाल्डोले युभेन्टस छोड्नेबारे विविध हल्ला चलिरहँदा युभेन्ट्सका प्रशिक्षक मासिमिलाइनो एलेग्रीले क्रिस्टियानो रोनाल्डोले क्लब नछाड्ने बताएका छन् ।
उनले शनिबार घरेलु लिग सिरि एमा युभेन्ट्स र फियोरेन्टिनाबीचको खेल अगाडि आयोजना गरिएको पत्रकार सम्मेलनमा रोनाल्डोले क्लब नछाड्ने बताएका हुन्। उनले भने,‘रोनाल्डो युभेन्ट्सका भविष्य हुन्।’ शनिबार रोनाल्डो फियोरेन्टिनाविरुद्धको खेलमा मैदान उत्रँने समेत उनले बताए।
च्याम्पियन्स लिग क्वाटरफाइनलमा इटालिएन क्लब युभेन्ट्स डच टोली आयाक्स आ्याम्स्टरड्यामसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरियो।च्याम्पियन्स लिगमा रोनाल्डो आवद्ध युभेन्ट्स बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् ।
यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका सुपर स्टार रोनाल्डोले अहिले सम्झौता अवधि नसकिँदै युभेन्टस छाड्ने तयारी गरेको समाचार बाहिरिएको थियो ।



लाेकपाटी न्यूज

