आज आई पी एल क्रिकेटमा दुई खेल हुँदै

Ipl
लाेकपाटी न्यूज

काठमाडौं,  ७ बैशाख। भारतमा जारी इन्डियन प्रिमियर लिग (आई पी एल) क्रिकेटमा शनिबार दुई खेल हुँदै छन्। शनिबारको पहिलो खेलमा पुछारबाट दोस्रो स्थानको राजस्थान रोयल्स र दोस्रो स्थानको मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुनेछ।

खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ मा जयपुरमा हुनेछ। शनिबारनै हुने दोस्रो खेलमा तेस्रो स्थानको दिल्ली क्यापिटल्स र चौथो स्थानको किङ्स ११ पञ्जाब बिच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार राति ८ः१५ बजे दिल्लीमा हुने छ।

यसैबीच गएराति सम्पन्न खेलमा कोलकत्ता नाइट राइडर्स विरुद्ध रोयल च्यालेन्जर्स बैँगलोर १० रनले विजयी भएको छ। पहिले ब्याटिङ गरेको बैँगलोरले २० ओभरमा कप्तान विराट कोहलीको शतकीय पारीसहित २ सय १३ रनको योगफल तयार पारेको थियो।

१ सय १४ रनको चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ३ रन मात्र बनाएपछि जित बैँगलोरको पक्षमा गएको हो। शुक्रबारको जितपछि पनि नेट रन रेटका आधारमा बैँगलोर अङ्क तालिकाको पुछारमा रहेको छ।