नेपालको विश्वकप यात्रामा पूर्णविराम

Nepali cricket01
लाेकपाटी न्यूज

काठमाडौं, ५ वैशाख। नेपालले २०२० को यू -१९ विश्वकप क्रिकेट गुमाएको छ। मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा यूएईसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो।

मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट चरण पार गरी विश्वकपमा सहभागिता जनाउने नेपालको सपना असफल भएको छ।राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहने टोली अर्को वर्ष हुने यु १९ विश्व कपका लागि छनोट हुनेछ।

प्रतियोगितामा आफ्ना सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै युएई विश्वकपको आगामी यात्राका लागि छानिएको छ। युएईसँगै पराजित भएका कारण नेपालको विश्वकप यात्रामा भने यसपटक पूर्णविराम लागेको हो। बिहीबार युएईले ओमनलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शत प्रतिशत नतिजा निकालेको हो।

ओमनसँग युएई पराजित भएको अवस्थामा नेपालले कुवेतलाई पराजित गर्दा रन रेटका आधारमा अघिल्लो चरणका लागि नेपालले प्रवेश पाउन सक्थ्यो। ओमनलाई नौ विकेटले पराजित गर्दै युएई जारी प्रतियोगिताको शीर्ष स्थानमा कायम छ। नेपालले कुवेतमाथि जित हासिल गरेको अवस्थामा पनि नेपालले दोस्रो स्थानमै चित्त बुझाउनु पर्ने भएको हो।