नेपालले प्राप्त गर्ने रेमिटेन्समा उल्लेख्य वृद्धि

Baidesik-rojgar
लाेकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। रोजगारीका लागि विदेश जानेको सङ्ख्या घटे पनि नेपालले प्राप्त गर्ने रेमिटेन्समा भने उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार चालु आर्थिक वर्षको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपियाँ रेमिटेन्सबापत प्राप्त गरेको छ।

यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ महिनाको अवधिमा भने ३८.३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ।

नेपालीको प्रमुख श्रम बजारमध्येको मलेसियाका लागि लामो समयदेखि भिसा प्रक्रिया रोकिँदा त्यहाँ जाने नेपालीको सङ्ख्या बढ्न सकेको थिएन। यद्यपि पुनः श्रम स्वीकृतिका आधारमा विदेशिनेको सङ्ख्या भने ४.६ प्रतिशतले बढेको उल्लेख छ। गोरखापत्रमा खबर छ ।