आइपिएल : विराट कोहलीको टिमलाई आठ खेलमा सातौँ हार

Birat kolhi
लाेकपाटी न्यूज

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले निकै खराब प्दर्शन गर्दै अएको छ ।

आइपिएलमा यो सिजन निकै खराब प्रदर्शन गर्दै आएको विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोरले आठौँ खेलमा सातौँ हार बेहोरेको हो ।आइपिएल अन्तर्गत सोमबार भएको खेलमा बैंग्लोर मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भयो।

मुम्बईमा भएको खेलमा बैंग्लोरले प्रस्तुत गरेको १७२ रनको लक्ष्य घरेलु टोलीले १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । उसका लागि क्वीन्टन डी ककले २६ बलमा ४०, सूर्यकुमार यादवले २३ बलमा २९ तथा रोहित शर्माले १९ बलमा २८ रन बनाए । हार्दिक पाण्डेयले १६ बलमा नटआउट ३७ रन बनाए ।

पहिले ब्याटिङ्ग गरेको बैंग्लोरका लागि एबी डी भिल्लियर्सले ५१ बलमा ७५, माइन अलीले ३२ बलमा ५० तथा पार्थिव पटेलले २० बलमा २८ रन बनाए । कप्तान विराट कोहली भने ९ बलमा ८ रन बनाएर आउट भए । लासिथ मालिङ्गाले चार विकेट लिए ।