काठमाडौं, ३ बैशाख । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आईपीएलको एमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडी बनेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा हरेक सिजन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई एमरर्जिङ प्लेयर अवार्ड प्रदान गरिँदै आएको छ । दिल्ली क्यापिटल्सबाट सुरुवाती ४ खेलमा ५ विकेट लिएका सन्दीप इमरर्जिङ प्लेयर अवार्डको दावेदार खेलाडीमा परेका हुन् ।
अवार्डमा सन्दीपसहित रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, मुम्बई इन्डियन्समा राहुल चाहर, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् । यी पाँच खेलाडीको लागि यो अवार्डको लागि भोटिङ खुल्ला भएको छ । सन्दीप लामिछानेले सो अवार्ड पाउलान् या नपाउलान् त्यो भोटिङले देखाउने छ ।



लाेकपाटी न्यूज

