विराट कोहलीको कप्तानीमा बन्याे क्रिकेट टोली, को-को परे टीममा ?

virat-kohli
लाेकपाटी न्यूज

भारत, २ बैशाख । सोमबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय राष्ट्रिय टीमको घोषणा गरेको छ ।

आईसीसी विश्वकप २०१९ का लागि सोमबार भारतीय राष्ट्रिय टीमको घोषणा भएको हो । राष्ट्रिय टोलीमा ऋषभ पन्त र अम्बाती रायडूले स्थान बनाउन सकेनन् । विजय शंकरलाई भने राष्ट्रिय टोलीमा मौका दिइएको छ ।

राष्ट्रिय टोलीमा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, महेन्द्रसिंह धोनी (विकेटकीपर), केदार जाधव, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा , भुवनेश्वर कुमार, मोहम्मद सामी, जसप्रीत बुमराह, कुलदीप यादव, युजवेंद्र चहल, विजय शंकर र दिनेश कार्तिक रहेका छन् ।

बीसीसीआईले १५ जना खेलाडीहरुलाई समावेश गरी भारतीय राष्ट्रिय टीमको घोषणा गरेको हो ।