काठमाडौं, ०१ चैत । अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेसन’ ले एक सातामा करिब ४ करोडको व्यवसाय गर्न सफल भएको छ ।
निर्माता तथा वितरक गोविन्द शाहीले शुक्रबार एक कार्यक्रम गर्दै फिल्म ‘लभ स्टेशन’ले पहिलो साता कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ को व्यापार गरेको जानकारी दिए।
छोरी काफिया शाहीको जन्मदिन सेलिब्रेट गर्दै निर्माता शाहीले फिल्मको एक हप्ते कलेक्सनबाट आफू सन्टुष्ट रहेको बताए । उनले भने ‘अबको साताको कमाई फिल्मको नाफा हो ।’
अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टार अभिनित फिल्म ‘लभ स्टेसन’लाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
प्रदीप र जसिताका अलावा फिल्ममा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आमाछोरीको सम्बन्ध र प्रेम कथा फिल्मले उठाएको छ ।



लाेकपाटी न्यूज

