नेपालद्धारा सिंगापुरसामू २ सय ८३ रनको चुनौति पेश

Nepali Cricketer01
लाेकपाटी न्यूज

काठमाडौं,  २ ८चैत। आईसीसी यू -१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ८२ रनको लक्ष्य पेश गरेको छ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए। नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन। ३ सय रन कटाउन सक्ने अवस्थामा नेपाल ४६ ओभरमा अलआउट भएको थियो ।

४६ औं ओभरमा नेपालले तीन विकेट गुमाएको थियो। कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके पनि नेपाललाई बलियो स्कोरमा र्पुयाएका थिए। एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे उनी पाँच रनले शतक बनाउन चुके।