यी हुन् सबैभन्दा बढी तलब पाउने विश्वका पाँच फुटबल प्रशिक्षक

football coach
लाेकपाटी न्यूज

काठमाडौं । मानिसहरु फुटबल हेर्न जति लालयित हुन्छन्, त्यति नै खेलाडी तथा प्रशिक्षकका बारेमा जान्न उत्सुक हुन्छन् ।

उनीहरुले पाउने तलब, उनीहरूको जिवनशैलीका बारेमा धेरैले चासो राख्छन् । फुटबल प्रेमीका आ–आफ्नै स्वाद छन् । कसैलाई इंग्लिस फुटबल मन पर्छ, त कसैलाई स्पेनी । कोही ब्राजिलका प्रशंसक छन्, कोही अर्जेन्टिनाका ।व्यावसयिक फुटबलको कुरा गर्ने हो भने इंग्लिस, स्पेन, जर्मनी, फ्रान्स र इटालीका लिगको बढी चर्चा हुन्छ ।

फुटबलमा खेलाडी र टिमका बारेमा जति चर्चा हुन्छ, त्यती नै प्रशिक्षकको पनि । किनकी प्रशिक्षक त्यो भुमिकामा रहन्छ, जसले खेल्ने शैली, रणनीति बनाउछ । फुटबलमा प्रशिक्षकलाई सबैभन्दा सम्मानित रूपमा हेरिन्छ । उनीहरूको काम निकै कठिन हुन्छ । यो काम संसारका अस्थिर कामहरू मध्ये एक हो । खेलाडीले कति तलब पाउँछन्, यो चर्चा भइरहने विषय हो ।

तर, प्रशिक्षकले कति तलब पाउँछन् भन्ने बारेमा कमै चर्चा हुने गरेको छ । उनीहरूले आकर्षक तलब पाउछन् ।
विश्वका सबैभन्दा तलब पाउने फुटबल क्लबका प्रशिक्षकमा इंगल्याण्डका ५ प्रशिक्षक परेका छन् । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका डिएगो साइमवन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् ।

प्रमुख १० प्रशिक्षकमध्ये तीन स्पेनिस प्रशिक्षक पनि परेका छन् । यो सूचीमा अहिले कुनै क्लबमा आबद्ध नरहेका प्रशिक्षक पनि छन् । सबैभन्दा बढी वार्षिक खर्च क्लबमा लिभरपुल सबैभन्दा अगाडि छ । त्यस्तै टोटनह्याम सबैभन्दा बढी नाफा कमाउने क्लब बनेको छ ।

विश्वको सबैभन्दा बढी तलब पाउने साइमवनले वार्षिक ५ अर्ब १५ करोड रुपैयाँभन्दा बढी तलब पाउँछन् । दोस्रो स्थानमा जोस माउरिन्होको अहिले कुनै क्लबमा छैनन् । उनलाई गत वर्ष म्यानचेस्टर युनाइटेडले आफ्नो प्रशिक्षकबाट हटाएको थियो ।

तर, उनलाई क्लबले २०२२ सम्मका लागि अनुबन्धन गरेको थियो । उनले ३ अर्ब ९० करोड रुपैयाँबराबरको तलब पाउँछन् । मोनाकोका पूर्व प्रशिक्षक थिएरे हेनरी पनि अहिले कुनै क्लबमा आबद्ध छैनन् । उनले वार्षिक ३ अर्ब २० करोड रुपैयाँको हाराहारीमा तलब पाउँछन् ।